
सुनसरी, साउन ३१ । धरानमा चट्याङ लागेर सोमबार एकजनाको मृत्यु भएको छ ।
गुडिरहेको मोटरसाइकलमा सवार धरान–११ सखुवागाछीका २१ वर्षीय अधिराज राईको चट्याङ लागेर मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि रहेका उनका बाबु दलबहादुर राई गम्भीर घाइते रहेको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्