खोलाले बगाएर एक दम्पतीको मृत्यु • Image Khabar Image Khabar


खोलाले बगाएर एक दम्पतीको मृत्यु


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार ००:२६

खोलाले बगाएर एक दम्पतीको मृत्यु

रसुवा, साउन ३१ । रसुवाको ठूलोगाउँ र नुवाकोटको मनकामना गाविसबीच भइ बग्ने अँधेरी खोलाले बगाउँदा सोमबार एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवा ठूलोगाउँ–६ का ५१ वर्षीय नरबहादुर तामाङ र उनको ४१ वर्षीया श्रीमती सुनिता तामाङ छन् ।

नुवाकोटबाट घरतर्फ फर्कनेक्रममा नुवाकोटको फिकुरी गाविस र रसुवाको ठूलोगाउँ गाविस बीचमा रहेको अँधेरी खोलाले उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्