२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काभ्रे दुर्घटनाः गृहमन्त्रीले भने–‘आवश्यक परे उपचार खर्च सरकारले ब्यहोर्छ’ (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन ३१ । गृहमन्त्री विमलेन्द्र निधिले वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर सोमबार काभ्रेमा भएको यात्रुबहाक बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझेका छन् ।

घाइतेहरुको अवस्था बुझेपछि मन्त्री निधिले सन्चारकर्मीहरुसँग कुरा गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने र आवश्यक परेमा घाइतेहरुको उपचार खर्च पनि सरकारले ब्यहोर्ने बताए ।

घाइतेहरुको अवस्था बुझ्न प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राई पनि ट्रमा सेन्टर गएका थिए ।
भिडियो हेर्नुहोस्