२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कार दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते


0
Shares

इटहरी, साउन ३२ । सुनसरीको भोक्राहामा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित २ जना गम्भीर घाईते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा झापा चारपाने–२ का ३२ वर्षीय अतिजराज ढुङ्गाना रहेका छन् । दुर्घटनामा गम्भीर घाईते भएका ढुङ्गानाको उपचारको क्रममा ईनरुवा अस्पतालमा राति साढे १ बजे मृत्यु भएको हो ।

घाईते भएका कार चालक सुनसरी ईनरुवा–६ का महेशप्रसाद गुरागाई र कारमा सवार सोही ठाँउका नारायण पोखरेलको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

गएराति सवा १२ बजे पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा४च १५२७ नम्बरको कार भोक्राहा–९ स्थित सडक छेउमा रहेको कल्भर्टमा ठोकिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।