देशका विभिन्न भागमा पाँचजना मृत फेला • Image Khabar Image Khabar


देशका विभिन्न भागमा पाँचजना मृत फेला


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार १९:०६

देशका विभिन्न भागमा पाँचजना मृत फेला

काठमाडौं, साउन ३२ । देशका विभिन्न भागमा मंगलबार बिहान पाँच जना मृत फेला परेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार काठमाडौंको टोखा–९ नैनटोलमा बिहान एकजना मृत फेला परेका छन् । सोही ठाउँमा बस्दै आएका काभ्रे रविओपीका ५१ वर्षीय नवराज खड्का आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

विहान साढे ६ बजे घरधनीले हेर्दा खड्का मृत फेला परेको बताइएको छ ।

त्यसैगरी धनुषाको यदुकुवा–३ भट्टीचोकमा विहान एक पुरुष मृत फेला परेका छन् । यदुकुवा–६ का ४० वर्षीय रामप्रसाद पासवान बिहान ७ बजे बिग्रिएर रोकिराखेको बसभित्र मृत फेला परेका हुन् ।

उता डडेलधुराको परशुराम नगरपालिका ६ सटकौना स्थित रकुन खोलाको किनारमा एक वृद्धा मृत फेला परेकी छिन् । परशुराम नगरपालिका कै वडा नम्बर ४ कटालकी ७० वर्षीया हिरादेवी पन्त आज बिहान साढे ८ बजे मृत भेटिएकी हुन् ।

त्यस्तै दाङको गोवरडिया–१ मलमलास्थित राप्ती नदी किरारमा पनि एकजना मृत फेला परेका छन् । प्रहरीका अनुसार बिहान साढे ७ बजे गोवरडियामा रहेको सिमेन्ट फ्याक्ट्रीका कामदार भारत विहारका २५ वर्षीय सुनिल राय मृत भेटिएका हुन् ।

त्यस्तै पर्साको पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा आज बिहान साढे ९ बजे एक पुरुषको शव फेला परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्