‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु • Image Khabar Image Khabar


‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु


Imagekhabar
३२ श्रावण २०७३, मंगलवार २०:१७

‘स्क्रब टाइफस’ रोगबाट दुई बालबालिकाको मृत्यु

धनकुटा, साउन ३२ । उपियाँ, सुल्सुलेलगायत सुष्म किराको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट दुई बालबालिकाको मृत्यु भएपछि पूर्वाञ्चलमा विषेश सतर्कता अपनाइएको छ ।

भोजपुर र संखुवासभाका प्राणघातक स्क्रब टाइफस रोगका कारण एक साता यता दुई जनाको मृत्यु भएपछि विशेष सतर्कता अपनाइएको हो ।

रोगको लक्षण, पहिचान, सर्ने तरीका तथा रोकथाम र उपचारका विधिबारे पूर्वाञ्चलका १६ वटै जिल्लाका अञ्चल, क्षेत्रीय अस्पताल र मातहतका ग्रामिण स्वास्थ्य केन्द्रसम्म सर्कुलर पठाइसकिएको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देसनालय धनकुटाले जनाएको छ ।

साउन यतामात्रै संखुवासभा, धनकुटा, भोजपुर, मोरङ र इलामका मात्रै २० भन्दा बढी यो रोगबाट संक्रमित भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गत वर्ष पनि यो रोगका कारण पूर्वमा चार बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्