
काठमाडौं, साउन ३२ । सन्चारमन्त्री सुरेन्द्रकुमार (राम) कार्कीले सरकारले पत्रकारहरुको न्यूनतम् पारिश्रमिक लागू गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
मंगलबार राजधानीमा भएको साक्षात्कारमा उनले यसअघिको सरकारले तय गरेको श्रमजीवी पत्रकारको न्यूनतम् मासिक तलब १९ हजार ५ सय रुपैयाँलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पूर्व सन्चारमन्त्री शेरधन राईले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक अत्यन्तै न्यून रहेकोले आफूले ठूलो छलफल र तयारी गरी न्यूनतम् पारिश्रमिक तोकेको भन्दै सरकारबाहिर रहेपनि यसलाई कार्यान्वयन गराउन दबाब दिइरहने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी तथा तराई मधेस सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवलगायतले देशको चौंथो अंगकोरुपमा काम गरिरहेका पत्रकारहरुले सरकारले तोकेको न्यूनतम् पारिश्रमिकसमेत नपाउनु दुखद् भएको बताए ।
प्रतिक्रिया दिनुहोस्