कैदीबन्दी भन्छन्:‘खाटमुनिको भुँइमा सुतेर कसरी रात काट्नु ?’(भिडियो) • Image Khabar Image Khabar


कैदीबन्दी भन्छन्:‘खाटमुनिको भुँइमा सुतेर कसरी रात काट्नु ?’(भिडियो)


Imagekhabar
१ भाद्र २०७३, बुधबार १९:२१

कैदीबन्दी भन्छन्:‘खाटमुनिको भुँइमा सुतेर कसरी रात काट्नु ?’(भिडियो)

-जितेन्द्र भण्डारी, ईमेज

पाँचथर,भदौ १ । सुधार गृहको रुपमा रुपान्तरण गर्ने भनिएको पाँचथर कारागारमा क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको छ ।

सानो ठाउँमा धेरै जनालाई राखिएपछि त्यहाँका कैदीबन्दीले कष्टकर जीवन बिताउनुपरेको छ । पाँच जना महिलासहित जम्मा २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १ सय २९ जना कैदीवन्दी राखिएको कारागार प्रशासनले जनाएको छ ।

जसमध्ये तीन जना नाबालकसहित १३ महिला र एक सय १३ पुरुष कैदीबन्दी छन् । क्षमता भन्दा बढी कैदीबन्दी राखिनाले असुविधा भोग्नु परिरहेको जेलर सुरेन्द्र मुखिया बताउँछन् ।

लामो समयदेखि प्रत्येक रात आलोपालो गर्दै आधा संख्याले खाटमुनि भुँइमा सुत्नु परिरहेको कैदीबन्दीले वताएका छन् ।

वर्खा यामको भुँइको चिसोले भिजेको ओछ्यान सुकाउंदै प्रयोग गर्नु पर्ने र घाम नलागेमा चिसै विछ्यौनामा सुत्न बाध्य हुनु परेको उनीहरु वताउँछन् ।

कारागारको प्रशस्तै जग्गा भएपनि त्यसको सदुपयोग नगरी पुरानै भवनमा राखिंदा जोखिम बढेको उनिहरु बताउंछन् । कारागार कैदीवन्दी मैत्री बनाउन कारागारको अर्को भवन बनाउनु पर्ने कैदीवन्दीहरुको भनाइ छ ।

पछिल्लो समय अदालतबाट दोषी ठहरीएका फरार प्रतिवादीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसंगै कारागार कैदीबन्दीले खचाखच हुने पुगेको हो । अहिले प्रहरीले २० बर्षभन्दा पहिलेदेखिका फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ

विभागबाट समेत पटकपटक अनुगमन भएको तर कैदीमैत्री भवन बनाउने विषयमा कुनै पहल भएको देखिँदैन् । यस तर्फ विभागको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्