बोलेरोले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु • Image Khabar Image Khabar


बोलेरोले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु


Imagekhabar
२ भाद्र २०७३, बिहीबार १९:०५

बोलेरोले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

सिरहा, भदौ २ । सिराहामा आज विहान भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुने गोलबजार नगरपालिका ७ का ७० वर्षीय चौधरी महतो र लहानका २२ वर्षीय संजिवकुमार महतो छन् ।

गोलबजार ७ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको नम्बर नखुलेको सेतो बोलेरोले सोहीतर्फ गईरहेको मोटरसाईकललाई ठक्कर दिँदा चौधरी महतोको मृत्यु भएको हो ।

धनगढीमाई नगरपालिका–७ गागन खोलानजिक पश्चिमबाट पूर्व गईरहेको मोटरसाइलले पैदल यात्री संजिवकुमार महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्