३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


आठौं राष्ट्रिय खेलकुद : हक्कीको सेमिफाइनलमा प्रहरी


0
Shares

नेपालगन्ज, वैशाख १ । नेपाल प्रहरी नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष हक्कीको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान नेपालगन्जको मंगलप्रसाद मावि खेल मैदानमा भएको खेलमा नेपाल आर्मीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा प्रहरीका मनोज चौधरीले ३९ सेकेन्डमा गोल गरि अग्रता दिलाएकोमा सागर आचार्यले ५० मिनेटमा थप गोल गरी अग्रता दोब्बर पारेका थिए ।

आर्मीका दीपेन्द्र ऐरले ५५ औं मिनेटमा १ गोल फर्काए ।

यसअघि हक्कीमा प्रदेश ५ पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । आर्मी सेमिफाइनलमा पुग्न प्रदेश २ र प्रहरीको खेलमा निर्भर हुनुपर्नेछ ।

यसैगरी आजदेखि जुडो खेल पनि सुरु भएको छ ।