
काठमाडौं, भदौ २६ । सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् ।
अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो ।
भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले ६० केजीमुनि तौलसमूहमा भने रजतमा चित्त बुझाए । कुल ९ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा मोहन फाइनलमा ब्रायन जोलीसँग पराजित भए ।
सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली जुडो खेलाडी खेमबहादुर थापाले कांस्य जिते ।
मोहन र खेमले अर्को साता अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलियन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्