भारतलाई उपाधि सुम्पदै सकियो नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज « Image Khabar


भारतलाई उपाधि सुम्पदै सकियो नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज


Imagekhabar
२ पुष २०७३, शनिबार १८:५८

काठमाडौं, पुस २ । कुल पाँच विधामध्ये चार विधामा भारतलाई उपाधि सुम्पदै शनिबार काठमाडौंमा नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज सम्पन्न भएको छ ।

प्रतियोगितामा भारतले पुरुष एकल, पुरुष डबल, पुरुष–महिला मिक्स डबल, महिला डबल गरी चार विधामा उपाधि जितेको हो ।

भारतले महिला एकलबाहेक सबै विधामा उपाधि कब्जा गरेको हो ।

पुरुष डबल र महिला एकलबाहेक बाँकी सबै बिधामा भारतीय खेलाडी फाइनल पुगेका थिए ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा पाँच दिनसम्म चलेको प्रतियोगितामा नेपाली खेलाडीहरुको चुनौती भने यसअघि नै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्