Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरूद्ध (सूचनासहित)


26
Shares

काठमाडाैं । लगातारको अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा

जिल्ला प्रशासन कार्यालय चितवनले साेमबार राति एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही र नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडाैंका लागि छुट्ने यात्रुलाई चितवन भन्दा अगाडि नबढ्न अनुरोध गरेको हो । निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य गाडीहरूलाई पहिरो हटाई गन्तव्य तर्फ पठाउने कार्य भइरहेको छ ।

पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय, चितवनबाट कुनै पनि थप गाडीहरूलाई अर्को सूचना जारी नहुँदासम्म आवागमनमा रोक लगाएको जारी सूचनामा भनिएकाे छ। आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न समेत प्रशासनले अनुरोध गरेको हाे ।