काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ ।
संसद सचिवालयले सिंहदरबारमा बैठक मंगलबार बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘न्याय परिषदको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२’ तथा ‘लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन ‘२०८१ श्रावण–२०८२ आषाढ’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ माथि छलफल गरी अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे हाे।
त्यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्