काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माण गर्न ७ सदस्यीय समिति गठन « Image Khabar


काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माण गर्न ७ सदस्यीय समिति गठन


Imagekhabar
७ पुष २०७३, बिहीबार १२:४६

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतीय कम्पनी आइएल एन्ड एफसीलाई फास्ट ट्रयाक निर्माण गर्न दिने प्रस्ताव रद्द गर्दै सरकार आफैंले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकमा गठित समितिले एक महिनाभित्र आर्थिक स्रोत तथा निर्माणसम्बन्धी सुझावसहितको प्रतिवेदन बुझाउने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्षमा प्रमोदकुमार वैद्यलाई नियुक्त गरेको छ । यस्तै नेपाली राष्ट्रिय फुटबल टिमलाई सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्