पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन् « Image Khabar


पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्


Imagekhabar
८ पुष २०७३, शुक्रबार १४:५८

                                                                                   फाइल फोटो
प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।

उनका अनुसार एक लाख ९ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख ८ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन् ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका रहेका छन् । नेपाल प्रहरीका ४७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् भने राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन् ।

किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने काम गर्दछ ।

अघिल्लो आवमा १६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको उनले बताए ।

सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु पाँच हजार जरिवाना गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्