१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी पूरा


0
Shares

इलाम । इलाममा हुने पाँँचौै अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी पूरा भएको छ ।

यही फागुन २६ देखि चैत ५ गतेसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ ।

प्यारापिटमा १० हजार दर्शक अटाउन सक्ने क्षमता रहेको आयोजक माईभ्याली फुटबल क्लबले जनाएको छ ।

मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरेको र पाँँचौै संस्करणका लागि सम्पूर्ण तयारी पुरा भइसकेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

मैदानको माथिल्लो भागमा माटोको प्याराफिट भए पनि तीनतिरको भागमा बर्सेनी बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ ।

श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ ।

यसवर्ष आठ लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिएको छ । यस संस्करणमा नेपालका ७ र विदेशी ३  गरी १० टिम सहभागी हुँदै छन् ।

विजेताले सात लाख र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार भएको प्रतियोगिता हो ।