Logo १७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026


भरतपुर मतगणना विवादको आज सुनुवाई


0
Shares

भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले गत आइतबार हालेको रिटमाथि सुनुवाई हुन लागेको हो । रिट दायरकर्ताहरुले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।

रिट दायर भएपछि सर्वोच्चले अर्को निर्णय नभएसम्म तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको थियो । भरतपुरको वडा नम्बर १९ मा मतगणना अन्तिम चरणमा पुगेको बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेपछि निर्वाचन आयोगले मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै स्थानीय तहको निर्वाचन ऐन अनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।