
कैलालीको धनगढी उपहानगरपालिका–१९ फूलबारीको साझघारीका किसान मोहना नदीले जमिन बगाउन थालेपछि धान काटेर बस्तुभाउलाई खुवाउन लागेका हुन् । यस बर्ष साझघारीमा मोहना नदीले ७ बिघा जमिन काटेर बगरमा परिणत गरेको छ ।
भारतले आफ्नो क्षेत्रमा तटबन्ध निर्माण गरे पनि नेपाल तर्फ तटबन्ध नहुँदा मोहना नदीले नेपालको खेतीयोग्य जमिन कटान गर्न थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मोहना नदीले यस बर्ष धान खेती गरेको ४ बिघा बढी जमिन कटान गरिसकेको छ ।
खोलाले धान बगाउनु भन्दा काटेर गाईबस्तुलाई खुवाउन उचित लागेर काटेको स्थानीय किसान बताउँछन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्