२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


घाँटी थिचेर बालकको हत्या, आरोपीलाई गाउँलेले डोरीले बाँधे


0
Shares

बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए ।

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिए ।

बालकको हत्यापछि गाउँलेले आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । रासस