अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन (भिडियो) • Image Khabar Image Khabar


अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन (भिडियो)


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १९:१४

अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन (भिडियो)

सोमबार दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरुले हत्याको विरोधमा नयाँबानेश्वरमा चक्काजाम गर्दै प्रदर्शनसमेत गरेका थिए ।

गौचनको हत्यापछि उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने चारैतर्फका नाकाहरु ‘सिल’ गरेर चेकजाँच बढाइएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्