
बैठकले पार्टी महासचिव चन्दद्वारा प्रस्तुत् क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेसहितको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ ।
बैठकले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘दक्षिणपन्थी’को संज्ञा दिएको छ ।
असोज २१ देखि २३ गतेसम्म भएको सो बैठकले आगामी कात्तिक १ गतेदेखि पार्टीको विशेष राजनीतिक अभियान सुरु गर्ने निर्णय गरेको पोलिटब्यूरो सदस्य अनिल शर्माले जानकारी दिए ।
भ्रष्टाचारीलाई कारबाही गर्नेसहितका निर्णयसमेत सो बैठकमा भएको जनाइएको छ ।
वैद्य माओवादीसँग तत्काल पार्टी एकीकरण हुने सम्भावना कम रहेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
उता, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला पनि पोखरामै जारी छ ।
प्रतिक्रिया दिनुहोस्