२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सर्लाहीमा गोली हानी सुनचाँदी व्यवसायीको हत्या


0
Shares

हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

मंगलबार साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन-चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले बताए ।

लुटेराको प्रतिकार गर्न खोज्दा सुनिलको च्यापुमुनी गोली हानी झोलामा रहेको नगद तथा सुन-चाँदीसमेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिए ।