१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार, चारजना नियन्त्रणमा


0
Shares

काठमाडौं, पुस १३ । काठमाडौंको बूढानीलकन्ठ नगरपालिका–५, विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ ।

मापदन्डविपरीत सुधारगृह सन्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले केन्द्रका सन्चालक सुरती गुरुङसहित चारजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकन्ठ, जिल्ला प्रशासन कार्यालय र माइती नेपालको संयुक्त अनुगमनमा सुधार केन्द्र मापदन्डविपरीत सन्चालन भएको पाइएको हो ।

उद्धार गरिएका महिलामध्ये २५ जनालाई अभिभावकको र २४ जनालाई माइती नेपालको जिम्मा लगाइएको छ । सो विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस