
पर्सा, पुस ९ । पर्सागढी नगरपालिका–१, भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्तला चौधरी गम्भीर घाइते भएकी छन् ।
घाइते सकुन्तलाको वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा–११ मा अध्ययनरत् छन् ।
पटक–पटक राखेको विवाह प्रस्ताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए ।
जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्