Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


लागुऔषधसहित चारजना समातिए


0
Shares

नवलपुर, मंसिर १९ । जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनका अर्जुन सुनार, परासीका राममिलन केबट, अमरजित केबट र म्याग्दीका कुमार थापा रहेका छन् ।

चितवनको नारायणगढ जाँदै गरेका दुईओटा बस चेकजाँच गर्दा नुफिन ९८ एम्पुल, डाइजापेम ९८ एम्पुल, फेनारगन ९८ एम्पुल, फेन्सीडिल ११९ बोतल, स्पास्मो प्रोक्सिभन प्लस २८८ ट्याबलेट, नाइटोभेट ५९७ ट्याबलेट गरी १४ सय ७८ पिस लागुऔषध बरामद गरेको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।