१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


किस्ट बैंक घोटाला प्रकरणमा दुईजना पक्राउ


0
Shares

काठमाडौं, मंसिर ७ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले किस्ट बैंक घोटाला प्रकरणमा दुईजनालाई पक्राउ गरेको छ ।

बैंकका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।

अघिल्लो महिना महानगरीय अपराध अनुसन्धान महाशाखाले किस्ट बैंकका तत्कालीन प्रबन्ध सन्चालक कमल ज्ञवालीलाई भारतमा पक्राउ गरेर नेपाल ल्याएको थियो ।

ज्ञवालीसहित उनकी श्रीमती गौरी खनाललाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै तीन वर्ष जेल सजाय सुनाइएको थियो । साथै,  १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।