२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


शिशु अपहरण–हत्या आरोपी जेल चलान


0
Shares

महोत्तरी, मंसिर ७ । ८ महिने शिशु (बालिका)लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् ।

गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी ८ महिने सोनालीलाई औरहीबजारमै रहेको आफ्नै फेन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका थिए ।

दूधे बालिका अपहरण गरी लगेर भरतले जमुनियास्थित जंगलमा जबर्जस्ती करणी गरी हत्या गरेको अवस्थामा प्रहरीले भोलिपल्ट भदौ ११ गते शव बरामद गरेको थियो ।

घटनापश्चात् लामो समयसम्म भागी हिँडेका आरोपीलाई सुनसरी प्रहरीले गत कात्तिक ३ गते भन्टाबारीबाट प्रक्राउ गरेको थियो ।

पक्राउ गरिएका भरतलाई महोत्तरी प्रहरीमा सुपुर्दगी गरेपछि उनीमाथि मुद्दा चलाइ जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई बालिका अहपरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ । रासस