Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


नक्कली स्याम्पु र मसलाको धन्दामा दम्पती, ठूलो मात्रामा स्याम्पु र मसला बरामद


0
Shares

काठमाडौं, कात्तिक २८ । महानगरीय प्रहरी परिसर टेकुले भारतीय ब्रान्डको नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आइरहेको ज्योति सोप एन्ड केमिकल्स इन्डस्ट्रीमा छापा मारेर ठूलो मात्रामा स्याम्पु र मसला बरामद गरेको छ ।

प्रहरीले मंगलबार कलंकीमा छापामारी बरामद भएको सामग्रीबारे बुधबार जानकारी दिएको हो ।

बासुप्रसाद बिडारी र उनकी श्रीमती ज्योति बिडारीले हेड एन्ड सोल्जर स्याम्पु र बीएमसी मसलाको ब्रान्डमा नक्कली स्याम्पु र मसला बनाएर बजारमा पठाउँदै आएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्तकुमार लामाले जानकारी दिए ।

बुधबार महानगरीय प्रहरी परिससरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी लामाले ५० लाख रुपैयाँ बराबरको ४४ कार्टुन बीएमसी मिट मसला, मसलाको कच्चापदार्थ ११ बोरा, ३७० कार्टुन तयारी अवस्थाको स्याम्पुलगायतका सामग्री बरामद गरिएको जानकारी दिए ।

बिडारी दम्पतीले करिब डेढ वर्षदेखि उक्त काम गर्दै आइरहेको पनि प्रहरीले जनाएको छ । 

बिडारी दम्पतीलाई पक्राउ गरिएको छ । उनीहरुलाई कालोबजारी, कपीराइट तथा राजश्व छलीको मुद्दामा कारबाही हुने एसएसपी लामाले बताए ।