
काठमाडौं, कात्तिक २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन देखाइ सहन्यायाधिवक्ता थापा रु पाँच लाख घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्