१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


१३ वर्षीया बालिका मृत फेला, अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा


0
Shares

उदयपुर, कात्तिक २६ । उदयपुरको रौतामाइ गाउँपालिका–३ लाफागाउँकी १३ बर्षीय बालिका एल्जिना खड्का मृत अवस्थामा फेला परेकी छन् ।

शनिबार दिउँसो बाख्रा चराउन गएकी उनलाई आईतबार साँझ खरबारीमा मृत अवस्थामा फेला पारिएको हो । मुखमा कागज कोचेको र शरीरका लुगा खोलिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि घटना सार्वजानिक हुने डरले बालिकाको हत्या गरिएको हुन सक्ने आशंकामा केही ब्यक्तिमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पठाइएको छ । घटनास्थल सदरमुकामबाट ७५ किलोमिटर उत्तर विकट गाउँमा पर्छ ।