Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ


0
Shares

रुपन्देही, कात्तिक २५ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका रुपन्देही बुटवल उपमहानगरपालिका–७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका–२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गत कात्तिक २२ गते राति आफ्नै श्रीमती ३४ वर्षीया शर्मिला घर्ती (जिसी)लाई दुर्गाबहादुरले आफ्नै डेरा कोठामा हत्या गरी फरार भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा रुपन्देही सिद्धार्थ नगरपालिका–३ बसपार्कबाट उनलाई फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।