बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, कात्तिक २० । तिहारको आगमनसँगै कपिलवस्तुमा पटाकाजन्य पदार्थ भित्रिनेक्रम बढेको छ ।
खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरुले अवैधरुपमा पटाकाजन्य पदार्थ भित्र्याएका हुन् ।
जिल्ला प्रहरी कार्यालयले एक साताको अवधिमा यहाँका विभिन्न सीमानाकाहरुबाट तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटाकाहरु बरामद गरेको छ ।
अवैधरुपमा भित्रिएका पटाका विस्फोटबाट मानवीय तथा भौतिक क्षतिसमेत हुनेसक्नेतर्फ विशेष निगरानी बढाइएको प्रहरी उपरीक्षक अच्युतप्रसाद पुडासैनीले बताए ।
उनले तिहार विशेष सुरक्षा योजना बनाउँदै सादा पोसाकका प्रहरीहरु परिचालन गरिएको जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्