
काठमाडौं, असार ४ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा डा. दिव्यासिंह शाहलाई नियुक्त गरेको विरोधमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले तालाबन्दी गरेको छ ।
अनेरास्ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले डा. सिंहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउन माग गरेको छ ।
वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सक सिंहलाई बुधबार त्रिवि कार्यकारी परिषदले डिनमा नियुक्त गरेको थियो ।
डा. गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेकोमा तोडिएको भन्दै उनीहरुले निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी गरिने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्