शुभकला राई, ओखलढुंगा । हरिबोधिनी एकादशीको अवसरमा आज ओखलढुंगाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्।
चम्पादेवी र लिखु गाउँपालिकाले धार्मिक पर्वका अवसरमा गाउँपालिकाभित्रका कार्यालय तथा संस्थाहरूमा बिदा दिने निर्णय गरेका हुन्।
चम्पादेवी गाउँपालिकाले कात्तिक ११ गतेको निर्णयअनुसार आज गाउँपालिकाभित्र स्थानीय बिदा दिएको हो। गाउँपालिकाको सूचनाअनुसार चम्पादेवीस्थित ककनी मन्दिरमा हरिबोधिनी एकादशीका दिन धार्मिक मेला लाग्ने भएकाले बिदा दिइएको हो। बिदाको दिन अत्यावश्यक सेवा भने सञ्चालनमा रहने जनाइएको छ।
त्यस्तै, लिखु गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ। गाउँ कार्यपालिकाको कार्यालयले मंसिर ३ गते गरेको निर्णयअनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था र अन्य संघसंस्थामा बिदा दिइएको हो।
लिखु गाउँपालिकाले पनि अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका सेवा बन्द रहने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्