रामेछाप । नेपाली काँग्रेस रामेछापको इतर समूहले आगामी मङ्सिर १४ गते १५ औँ नियमित जिल्ला अधिवेशन गर्ने भएको छ । अधिवेशनको मिति तय गर्दै तयारीका लागि विभिन्न समिति तथा स्थानीय तहका संयोजकसमेत चयन गरिएको छ ।
अधिवेशन तयारी समितिका संयोजक जीतबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट गरेको हो । यसबारे समूहले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
तयारीका लागि गठित समितिअन्तर्गत प्रचारप्रसारको जिम्मेवारी रामकृष्ण खड्कालाई दिइएको छ । त्यस्तै आर्थिक व्यवस्थापनमा रमेश खड्का, मञ्च तथा भोजन व्यवस्थापनमा झनकबहादुर श्रेष्ठ, स्वयंसेवक परिचालनमा ऋषिवि थापा मगर र आवास व्यवस्थापनमा दिनेशकुमार घिमिरेलाई संयोजक तोकिएको छ ।
यसैगरी अधिवेशनको तयारी र समन्वयका लागि जिल्लाका आठवटै स्थानीय तहमा पनि संयोजक चयन गरिएको छ ।
उमाकुण्ड गाउँपालिकामा जीतबहादुर कटुवाल, गोकुलगंगा गाउँपालिकामा चन्द्रबहादुर सुनुवार र लिखु तामाकोसी गाउँपालिकामा सञ्जय तामाङले जिम्मेवारी पाएका छन् ।
त्यस्तै रामेछाप नगरपालिकामा ऋषिवि थापा मगर, मन्थली नगरपालिकामा अविराज खड्का, दोरम्बा शैलुङ गाउँपालिकामा कृष्ण घिसिङ, सुनापति गाउँपालिकामा सुरेन्द्रकुमार घिसिङ र खाँडादेवी गाउँपालिकामा सुजन ढुङ्गेललाई संयोजकको जिम्मेवारी दिइएको तयारी समितिका संयोजक मगरले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्