काठमाडौं । जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका चुनौती र दिगो आर्थिक विकासका विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो।
सम्मेलनका विभिन्न उच्चस्तरीय छलफलमा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग जोडिएका राष्ट्रिय प्राथमिकताबारे धारणा राख्ने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उहाँले करिब आधा दर्जन सत्रमा नेपालको तर्फबाट पैरवी गर्नुहुनेछ।
टर्कीएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म सञ्चालन हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै सम्मेलनस्थल पुगिसक्नुभएको छ।
अर्थमन्त्री वाग्ले कात्तिक २९ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।









प्रतिक्रिया दिनुहोस्