Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


देशभर वर्षा जारी, रातिदेखि मौसममा सुधार हुने


169
Shares

काठमाडौँ । शनिबार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका धेरैजसो क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुँदा अन्य प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

आज दिउँसो पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। काठमाडौँ र पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ।

त्यस्तै, जिरीमा ७० प्रतिशत तथा भैरहवा, सिमरा, ओखलढुङ्गा र जोमसोममा ६० प्रतिशत वर्षाको सम्भावना रहेको जनाइएको छ।

विभागका अनुसार आज राति भने देशका कुनै पनि सहरमा वर्षाको सम्भावना छैन। जुम्ला र जोमसोममा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य अधिकांश सहरमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्नेछ।

रातिको समयमा तापक्रमसमेत घट्ने अनुमान छ। जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्री र जोमसोमको माइनस १ डिग्री सेल्सियससम्म पुग्न सक्ने विभागले जनाएको छ।

Skip This