Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


एनपीएलको दोस्रो खेलमा आज विराटनगर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीको लक्ष्य जित


143
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा विराटनगर प्रतियोगितामा पहिलो जित हासिल गर्ने योजनासहित मैदान उत्रिनेछ। यसअघि खेलेका दुवै खेल गुमाएको विराटनगरलाई आजको खेलमा जित निकाल्न दबाब छ।

विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग अन्तिम बलमा हार बेहोरेको थियो। लगातारको हारबाट बाहिरिँदै टोली जितको लय समात्न चाहन्छ।

अर्कोतर्फ सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै जितको लयमा फर्किएको थियो।

आजको खेलमा विराटनगरका लोकेश बमको ब्याटिङ र कप्तान सन्दीप लामिछानेको बलिङलाई महत्वपूर्ण रूपमा हेरिएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र बलर अनिल खरेल पनि टोलीका मुख्य खेलाडी रहनेछन्।

यद्यपि, शनिबार वर्षा हुन सक्ने सम्भावनाले खेल सञ्चालनमा असर पर्न सक्ने अनुमान गरिएको छ।

Skip This