Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै


78
Shares

काठमाडौं । बडादसैँको नवरात्रअन्तर्गत आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनले श्रद्धापूर्वक पूजाआजा गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र हातमा घण्टा धारण गरेकी देवीलाई चन्द्रघण्टा भनिएको हो। पहेँलो वर्णकी यी देवीलाई शक्ति, साहस र करुणाको प्रतीकका रूपमा लिने गरिन्छ। नवरात्रमा चन्द्रघण्टाको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिँदैछ।

वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको पूजा गरी बडादसैँ मनाउने गर्छन्। विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा ग्रहण गरी मनाइने बडादसैँ कोजाग्रत पूर्णिमासम्म मनाउने परम्परा छ।