Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नवनियुक्त उद्योगमन्त्री दीपक साह


455
Shares

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गर्नुभएको छ ।

बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले साहलाई बिहीवार नै उद्योग मन्त्री नियुक्त गर्नुभएको थियो ।

पदभार ग्रहणलगत्तै मन्त्री साहले निवर्तमानमन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर थप योजना तथा कार्यक्रम ल्याउने बताउनुभयो ।

उहाँले बजारमा भएको ग्यासको अभावको समस्या समाधान गर्न पनि मन्त्रालयका कर्मचारी र निवर्तमान मन्त्री यादवसँग छलफल गरेपछि मात्र काम थाल्ने उहाँको भनाइ छ । अहिले मन्त्री यादवले मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरिरहनु भएको छ।

Skip This