Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, असोज ६ गते प्रस्थान गर्ने


416
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमणलाई औपचारिक स्वीकृति दिएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा अमेरिका जाने प्रतिनिधिमण्डलको भ्रमण अनुमोदन गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतृत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ। महासभामा सहभागिता जनाएपछि टोली असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्र सङ्घको महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री शाहले सहभागिता जनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ।

Skip This