Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


काठमाडाैं-हेटौडा जोड्ने त्रिभुवन राजपथ अवरूद्ध


988
Shares

काठमाडाैं। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका-७ सोपाङखोलामा पहिरो खसेपछि काठमाडाैं-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ।

बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। बिहीबार बिहानैदेखि चार वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सडक सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडाैं भित्रिने र बाहिरिने गाडीहरूले हेटौंडा-काठमाण्डौ जोड्ने वैकल्पिक सडक प्रयोग गरिरहेकाे प्रहरीले बताएकाे हाे।