काठमाडाैं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर भएको रिट निवेदन खारेज गरेको छ।
सर्वोच्चको संवैधानिक इजलासले बुधबार रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टा लगायतका सेवा-सुविधा पाउने बाटो खुलेको हाे। महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सनपट्टा लगायतका कुनै सुविधा पाउनुभएको थिएन ।
अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो । याेसँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सनपट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको छ।









प्रतिक्रिया दिनुहोस्