एजेन्सी। बेलायतको फ्लाइट प्रणालीमा समस्या आएपछि सयौंको संख्यामा हवाई उडान रद्द गरिएकाे छ।
बीबीसीले मंगलबार बेलायतको उडान प्रणाली प्रभावित हुँदा २ सय फ्लाइट रद्द भएको जनाएकाे हाे । त्यसको मर्मत सम्भार भए पनि सामान्य स्थितिमा सेवा सञ्चालनका लागि केही समय लाग्ने समाचार विवरणमा उल्लेख गरिएकाे छ । उडानको प्रतीक्षामा बसेका यात्रुहरूले राडारमा समस्या आएको जानकारी पाएको बताएका छन् ।
रायन एयरले उक्त समस्याका कारण आफ्ना ५० उडान रद्द भएको जनाएको हाे। त्यसबाट ६५ हजार यात्रु प्रभावित भएको उक्त एयरलाइन्सले जानकारी दिएकाे छ। प्राविधिक समस्याका कारण उडान आठ घण्टासम्म पनि तय नभएको एयरलाइन्सले जनाएको हाे।
पटक-पटक अवगत र ध्यानाकर्षण गराउँदा पनि राडार प्रणालीमा सुधार नआएको रायन एयरलाइन्सले जानकारी गराएकाे छ। बेलायतका हिथ्रो, लिभरपुल जोन लेनन, ब्रिमिंघम, म्यानचेस्टर एयरपोर्ट, इस्ट मिडल्यान्ड एयरपोर्ट र साउथह्याम्पटन लगायतका समान समस्या रहेकाे विमानस्थलले जनाएका हुन् ।
यता उडान प्रणाली हेर्ने न्याट्सका अनुसार समस्या समाधान भएको छ। यद्यपी बेलायती हवाई क्षेत्रमा केही अवरोध देखापर्ने जनाइएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्