Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै: (कार्यसूचीसहित)

बैठकमा नेपाल कानून र मेलमिलापसहित ३ विधेयक प्रस्तुत गरिंने

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार दिउँसाे बस्दैछ।

संसद सचिवालयले सिंहदरबारमा प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

बैठकमा कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे। कानूनमन्त्री गौतमले नै ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची समेत रहेकाे छ।

साथै राष्ट्रिय सभाको बैठक पनि बुधबारै दिउँसाे सवाँ १ बजे बस्ने भएकाे छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सदनदाई जानकारी गराउनुहुने भएकाे हाे।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाल ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सचिवालयले जनाएको छ।