Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


अर्थ र उद्योग समितिको बैठक आज बस्दै


0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत बुधबार अर्थ समिति, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

संसद सचिवालयले अर्थ समितिको बैठकमा बैठक बुधबार बिहान साढे ९ बजे बस्ने जनाएकाे हाे। रसुवा बाढीपछि सरकारबाट हालसम्म भएगरेका उद्धार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल हुने भएकाे छ। विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग र विपद्पछिको क्षति तथा प्रभावको मूल्यांकनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची रहेका हाे ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बुधबार बिहान १० बजे बस्ने भएकाे छ। बैठकमा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे हाे । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवलाई बोलाइएको सचिवालयले जनाएकाे छ।