Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री गुरुङ


299
Shares

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अघिनै मैले भनेको थिएँ, इतिहास हो । फेर्न सकिँदैन हजुर, इतिहास हो । नेपाली जनताले दुई तिहाई बहुमत दिएर जाऊ काम गर भनेर हामीलाई दिएको विश्वास हो, फेर्न सकिँदैन हजुर । राजीनामा पनि दिन सकिँदैन । हामीलाई किनभने उहाँहरुले जिताएको होइन, नेपाली जनताले जिताएको हो हामीलाई । त्यही भएर हजुरका आशिर्वाद लिएर हामी तपाईंहरुको सेवामा आएका छौँ । तपाईंहरुलाई राजनीति गरेर राज गर्न आएका होइनौँ हामी, हामी सेवा गर्न आएका हौँ । र सम्पूर्ण गृह प्रशासन तपाईँहरुको सेवामा लाग्नेवाला छ भनेर म तपाईंहरुलाई प्रमिस पनि गर्न चाहन्छु ।’

गृहमन्त्री गुरुङले आगामी दिनमा सम्पूर्ण गृह प्रशासनलाई जनताको सेवामा पूर्ण रूपले परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Skip This