काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता रमेश लेखकले पार्टी मिलाउन दुवै पक्षले महाधिवेशन रोक्नुपर्ने बताउनुभएकाे छ।
महेन्द्रनगरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता लेखकले यस्तो धारणा व्यक्त गर्नुभएकाे हाे। उहाँले पार्टी मिलाउने हो भने दुवै पक्षले आ-आफ्ना महाधिवेशन स्थगित गरेर पार्टी मिलाउने बैठकमा छलफल गर्नुपर्नेमा जाेड दिनुभएकाे छ। यदि महाधिवेशन नरोकिने हो भने पार्टी नमिल्ने उहाँकाे तर्क छ। महाधिवेशन नरोक्ने अरू-अरु कुरा गरेर कहाँ पार्टी मिल्छ भन्दै उहाँले प्रश्न समेत गर्नुभयाे।
१४ औं महाधिवेशनको कार्यसमितिलाई हटाइएका कारण पार्टीमा विवाद सिर्जना भएकाले उनीहरूको व्यवस्थापन हुनुपर्ने नेता लेखकले बताउनुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्