Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


बर्दघाटमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, १९ घाइते


403
Shares

काठमाडाैं । नवलपरासीकाे बर्दघाट नगरपालिका-४ स्थित मोडमा माईक्रो वस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुम्रबार बिहान भे.१ ज.१६३४ नम्बरको माईक्रोबसको ब्रेक फेल भई सडकमा रोकिराखेको बा।प्र।०१–००६ ख. ३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हाे। दुर्घटनामा परी १९ जना घाइते भएका छन् । दुर्घटनामा माईक्रो बसमा सवार चालकसहित २० जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

घाइतेमध्ये सल्यान घर भएका अन्दाजी २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी पठाइएकोमा शुम्रबार बिहानै चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेकाे हाे।